पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नगरपालिकाले ७ वटा बालबिवाह  रोके पछि   भारतमा गई बाल बिबाह  

सर्लाही ।  सर्लाहीको गोडैता नगरपालिका र चन्द्रनगर गाउपालिकामा बाल बिबाह रोक्ने अभियान सुरु भएको छ ।   स्थानीय  तहले अभियान चलाएर नगरपालिकामा बाल बिबाह रोक्न थालेपछि  अभिभावकहरु आफनो बालबालिकाको भारतको सितामढीमा गई विभिन्न बिबाह मण्डपहरुमा बिबाह गर्न थालेपछी गोडैता नगर प्रमुखलाई  बाल बिबाह अभियान संचालन गर्न समस्या भएको छ ।

 बाल विबाह न्युनिकरण गर्न  सर्लाहीमा स्थानीय  तह  अग्रसर  देखिए पनि भारतिय बिबाह मण्डपमा  बाल बिबाह हुन थालेपछी आफु चिन्तित् भएको गोडैता नगरपालिकाका अध्यक्ष देबेन्द्र कुमार रायले बताउनुभयो । गोडैता नगरपालिकामा १२ वटै  वडामा बालबिवाह रोक्न नगर उप प्रमुख अन्जना कुशवाहाको   नेतृत्वमा नगर समिती  र सेव दि चिल्ड्रेन तथा आर आर पिकेको संयोजनमा  बाल संरक्षण  समितिको गठन गरि अभियानको माध्यम बाट  हाल  सम्म नगरपालिकाले ७ वटा बालबिवाहको घटना रोक्का गरेको नगर्  अध्यक्ष  रायले जानकारी  दिनुभयो  । 

 १८ वर्ष मुनिका बालबालिकाहरुको बाल बिवाहको तिथि  तय भएपछि    ५ वटा उजुरी  परेको छ यी समस्या  समाधान तिर लाग्ने छु । बालबिबाह रोक्न शिक्षित नगरबासि, जिल्ला प्रशासन  अधिकारी तथा जिल्ला  प्रहरी  कार्यलय को सहयोग लिएर यो अभियान सफल बनाएर  छाडने  मेयर रायको दाबी  छ  ।केही दिन पहिल्ला  यो अभियानको बिरुद्धमा स्थानियहरु  नगरपालिका घेराऊ गरि बिरोध  गरेका थिए ।बालबिवाह समाजको बिकृती हो आफु यो बिकृती  नगरपालिका बाट अन्तय गरेर नै छाडने  उहाको भनाई छ । 


बालबिबाह अन्त्य गर्न हाल नगरपालिकामा रहेको विधालयका छात्रा तथा छात्राहरुलाई  बालबिवाह सम्बन्धि  कक्षा नै संचालन गरिएको नगरपालिकाको कार्यकारि अधिकृत बिकाउ यादवले जानकारी दिनुभयो ।


त्यस्तै  चन्द्रनगरमा  बालबिवाह अन्तयको लागि क्ष्रावन१ गते देखि जन्मेका  छोरीको नाममा अभिभावकले ५ हजार,  गाउपालिकाले २० हजार  र नेपाल  बङलादेश बैंकले २ हजार गरि जम्मा २७ हजारको २० बर्षे मुदति खाता  खोल्ने अभियान चलाएको  छ ।विधालय शिक्षा पूरा गरि २० बर्ष उमेर  पुरा  भएपछि बिबाह  गरे भने २० बर्षको सम्पुर्ण  रकम दिने  र यी शर्तहरु पूरा नभए गाउपालिकाको खातामा पैसा आउने   गाउपालिका अध्यक्ष महेन्द्र  महतोले जानकारी दिनुभयो ।अभियानमा हाल सम्म ५२ वटा खाता संचालन गरिए पनि खासै प्रभावकारी नदेखिएको स्थानिय युवा रमेश यादब बताऊनु हुन्छ ।
 
बाल बिबाह  दनडनिय अपराध  तथा समाजिक कुरीति हो  बाल बिबाह अनत्यको लागि आफु सक्दो पहल गर्ने  प्रमुख  जिल्ला  अधिकारी द्रोण पोखरेलले  बताउनु भयो ।