पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

श्रम कार्यालयमा विचौलियाको काम गर्ने तीन पक्राउ 

अजय कुमार झा, जनकपुरधाम । धनुषाको जनकपुर स्थित श्रम कार्यालयमा विचौलियाका काम गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । 

श्रम स्वीकृति चाँडो दिलाइदिने बहानामा सेवाग्राहीबाट १३ हजार रुपैयाँ असुल गरेको उजुरीको आधारमा कमला नगरपालिका वडा नम्बर ३ का २६ वर्षीय राम भगत यादव, जनकपुरधाम उपमहानगरपालिका वडा नंं १६ पुलचोकका २७ वर्षीय अजय साह र धनुषाकै लक्ष्मीनिया गाउँपालिका ५ का २९ वर्षीय सरोज कुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।