पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काँङ्ग्रेसमा विभाग गठनको सहमति जुटाउने प्रयास 

काठमाडौँ । नेपाली काँङ्ग्रेसको पार्टी विधानअनुसार केन्द्रीय विभाग गठनका लागि छलफल भएको छ । 

बूढानीलकण्ठस्थित सभापति शेर वहादुर देउवाको निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । 

त्यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा समेत आजको बैठकमा छलफल भएको थियो । 

काङ्ग्रेसको नयाँ विधानअनुसार कार्यसम्पादन समितिमा पदाधिकारी बाहेक ३१ सदस्य चयन हुने प्रावधान छ । 

बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार र निधि, महामन्त्री डाक्टर शशाङ्क कोइराला, प्रवक्ता शर्मालगायत उपस्थित हुनुहुन्थ्यो ।