पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अर्थ समितिको बैठक

विमल ज्ञवाली/रेडियो नेपाल
संघिय संसदको अर्थ समितिले आगामी आर्थिक बर्षको बजेट निर्माण गर्ने सन्र्दभमा सरकारलाई निर्देशन दिन सातै प्रदेशमा पुगेर राय संकलन गर्ने भएको छ । समितिको आज बसेको बैठकमा सांसदहरुको २ वटा समुह बनाएर आगामी बैसाखको ५ गते देखि प्रदेशस्तरमा सरोकारवालाहसँग अन्तरकृया आयोजना गरेर नयाँ बजेट बारेमा जनताको अपेक्षा सम्वोधन हुने गरी प्रतिवेदन तयार पार्ने र बैशाख १५ गते भित्र सरकारलाई बुझाउने निर्णय भएको छ ।

संघियता कार्यान्वयनको १ बर्ष पुगेको परिस्थितिमा स्थानियतह, प्रदेश र संघिय सरकारको बजेट प्रणाली सम्वन्धमा अध्ययन गर्न पनि आवश्यक रहेकोले अर्थ समितिले पुर्व बजेट छलफलको परम्परालाई फरक स्वरुप दिएर यस्तो अन्तरकृया गर्न लागेको समितिका सभापति कृष्ण प्रसाद दहालले जानकारी दिनुभयो ।