पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डिजिटल नेपाल बनाउन स्वदेशी तथा विदेशी कम्पनीसंग सहकार्य गरीनेः मन्त्री बास्कोटा

 

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद वास्कोटाले सरकारको डिजिटल नेपाल बनाउने योजनालाई प्रभावकारी वनाउन सरकारले स्वदेशी तथा विदेशी कम्पनीसंग सहकार्य गरेर अघि बढने बताउनुभएको छ ।

चिनियाँ कम्पनी हुवावेद्वारा आज ललितपुरमा आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सूचना तथा संचार प्रविधिका क्षेत्रमा कामगर्ने सबै स्वदेशी तथा विदेशी कम्पनिहरुले कामको ब्यवसायिक शुद्धतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री बास्कोटाले डिजिटल फ्रेमवर्कलाई ५ वर्षभित्र कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको उल्लेख गदै त्यसवाट सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।   
  
विश्वका १ सय ७० भन्दा बढी देशमा सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावे नेपालमा सन् १९९९ देखि कार्यरत छ । 

कम्पनीले पछिल्लो समय सूचना प्रविधि, मोबाइलका क्षेत्रमा गरेका काम प्रदर्शनीमा रहेका छन् । 

नेपालस्थित हुवावे कम्पनीका कार्यकारी अधिकृत देनि देङले डिजिटल अर्थतन्त्रमा जोड दिन आग्रह गर्दै कम्पनीका गतिविधिबारे जानकारी दिनुभएको थियो । सम्मेलन चार दिनसम्म रहने छ ।