पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘सरकारले मुलुकलाई सही दिशा दिन सकेन’

पुष्कर बुढाथोकी, भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले जनअपेक्षा अनुसार मुलुकलाई सही दिशा दिन नसकेको बताउनुभएको छ । 

नेपाली काँग्रेस मध्यपुर थिमी नगर समितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्का जात्राको अवसरमा आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले सही कामको लय पक्रन नसकेको बताउनुभयो ।

महामन्त्री कोइरालाले काँग्रेस पार्टीचित्रको गुटबन्दीले नेता र कार्यकर्तालाई विभाजित गरेको भन्दै यस्तै अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभयो ।