पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रको ट्रक पल्टँदा आज अपराह्न दुई जनाको मृत्यु भएको छ ।

सातदोबाटोबाट बल्खुतिर आइरहेको ट्रक अनियन्त्रित भएर पल्टँदा विपरीत दिशाबाट आइरहेकोे टाटा मोबाइललाई ट्रकले थिचेर भएको दुर्घटना २ को मृत्यु भएकोे महानगरीय ट्राफिक प्रहरी परिसरका प्रमुख प्रहरी निरीक्षक राजेश श्रेष्ठले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा दोलखाका इन्द्रबहादूर सुनुवार र धनुषाका डोल्मा शेर्पा रहेका छन् । टाटा मोबाइलमा सवार भएका तीनमध्ये दुईको मृत्यु भएको र स्मृति मगर घाइते भएको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले जनाएको छ । 

सुनुवार र शेर्पालाई अल्का अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । घाइते मगरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।