पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भानुभक्तको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने

दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । 

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले पाँचाँै क्षेत्रप्रताप अधिकारी स्मृति दिवसका अवसर पारेर यही चैत २९ र ३० गते भानु नगरपालिका–५ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गर्न लागेको हो । 

कवि सम्मेलनमा देश तथा विदेशबाट गरी ६० भन्दा बढी साहित्यकार सहभागी हुनेछन् । 

सम्मेलनमा नेपालका साथै भारत, बङ्गलादेश, भूटानबाट साहित्यकार आउने निश्चित भइसकेको छ भने चीन, जापान लगायतका देशहरूका साहित्यकारसँग समन्वय भइरहेको गीतल प्रतिष्ठानले जनाएको छ । 

भानुभक्त आचार्यको व्यक्तित्व विश्वसामु परिचित गराउने, चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र भाषिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले कवि सम्मेलन आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।