पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वार्तावाट सबैलाई मूलधारमा ल्याउनु पर्छः सभापति देउवा

अमर क्षितिज भण्डारी, दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्वादका माध्यमबाट बिप्लव नेतृत्वको नेकपा लगायतका असन्तुष्ट पक्षलाई मुलधारमा ल्याउनु पर्ने बताउनु भएको छ । 

नेपाल प्रेस युनियन दाङले आज लमहीमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले प्रतिबन्ध र दमनले देशमा थप हिंसा उत्पन्न हुने भएकाले सरकारले वार्ता र सम्वादको बाटो रोज्नु पर्ने बताउनु भयो । 

सभापति देउवाले वर्तमान सरकार प्रतिपक्षी दलसंग गर्नुपर्ने कुनैपनि सरसल्लाह नगरी एक पक्षीय ढंगले अगाडी बढेको बताउनु भयो । 

काग्रेस सभापति देउवाले सरकारले भर्खरै सम्पन्न गरेको लगानी सम्मेलन राम्रो भएपनि सरकारले दाताहरुलाई ढुक्क भएर लगानी गर्ने लगानीको वातावरण बनाउन नसकेको आरोप लगाउनु भयो ।