पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपाल कला,संस्कृति र मुलुकलाई जोड्ने  महत्वपूर्ण सेतु : मन्त्री बास्कोटा

radionepal

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाल आम जनताको प्रतिनिधित्व गर्ने प्रसारण संस्था भएकाले यसले निरन्तर देश र जनताको आवाज बोक्नु पर्नेमा जोड दिनुभएको छ । रेडियो नेपालको ६९ औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले  रेडियो नेपाल कला, संस्कृति र मुलुकलाई जोड्ने  महत्वपूर्ण सेतु भएको बताउनुहुँदै  अब रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थाका रुपमा परिवर्तन गरिने जानकारी दिनुभयो । रेडियो नेपालले आवाजविहिनहरुको आवाज बोल्न आन्तरिक क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताउनुहुँदै  मन्त्री बाँस्कोटाले अबको एक वर्षमा रेडियो नेपालमा आमूल परिवर्तन आउनेमा पनि विश्वास व्यक्त गर्नुभयो । 

   कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपालले प्रसारणका क्षेत्रमा गरेको एक वर्षको कार्यक्रमको विवरण प्रस्तुत गर्नुभयो । 

          
       रेडियो नेपालले  रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मानबाट भजन शिरोमणी वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य र जनगायक तथा वरिष्ठ  संगीतकार जेवी टुहुरेलाई  ५१ हजार राशी सहित ताम्रपत्र र सम्मानपत्रले सम्मान गरेको छ । वार्षिकोत्सवका अवसरमा रेडियो नेपालले आफ्ना पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरेको छ ।   रडियो नेपालको ६९ औं वािर्षकोत्सवका अवसरमा देशभरबाट राष्ट्रिय गीतसंगीत प्रतियोगितामागायनतर्फ प्रथमस्थान हासिल गर्ने सुरेश लामा, संगीततर्फ बलराम समाल र रचनातर्फ आनन्द अधिकारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । 
यसै अवसरमा रेडियो नेपालमा २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्ध सेवा पदकबाट सम्मानित गरेको छ । कार्यक्रममा रेडियो नेपालको ६९ औं वािर्षकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद र वक्तृत्वकला प्रतियोगितामा विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । 
त्यसैगरी रेडियो नेपालले उत्कृष्ट कर्मचारी सम्मानबाट इन्जिनियरिङ महाशाखाकाप्राविधिकसीताराम श्रेष्ठलाई सम्मान गरेकोे छ । रेडियो नेपालको उत्कृष्ट स्थानीय संवाददाता सम्मानबाट प्रदेश नम्वर २ बाट नेहा झा, प्रदेश नम्बर ४ बाट रोशन तिवारी र प्रदेश नम्बर ५ बाट डायलसन अधिकारीलाई सम्मानित गरेको छ ।  
६९ औं वार्षिकोत्सवका अवसरमा रेडियो नेपालसँग लामो समयदेखि सहकार्य गर्दै आएको संस्था इक्वल एक्सेसलाई पनि सम्मान गरिएको थियो । 

         यसअघि रेडियो नेपालले ६९ औं वार्षिक उत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगिताको उदघाटन गर्नुहुँदै सञ्चार तथा सूचना  प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष महेन्द्रमान गुरूङले रेडियो नेपालका समाचारमूलक सामग्रीहरू सत्य र तथ्यपूर्ण सूचनाको मानकका रूपमा स्थापित भएको बताउनुभयो । सचिव गुरुङलेआगामी ५ वर्ष भित्र रेडियो नेपालको प्रसरण शत–प्रतिशत जनताको पहुँचमा पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो । 

               रेडियो नेपालका नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटाले कला र संस्कृतिको संरक्षणका लागि रेडियो नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै कलाकारहरुका लागि रेडियो नेपालको ढोका सधै खुला रहेको बताउनुभयो । प्रदेश स्तरमा सञ्चालित प्रतियोगिताहरूमा उत्कृष्ट तीन जना भित्र पर्न सफल २१ जना प्रतियोगिहरूले संगीत प्रतियोगितामा भाग लिएका थिए । 

-यशोदा अधिकारी/ केशब ढुंगाना
तस्बिर: गणेश उप्रेती