पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

६ जनालाई नइ पुरस्कारको घोषणा

काठमाडौं । नइ प्रकाशनले विभिन्न क्षेत्रका छ जनालाई २०७५ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ ।

सनातन हिन्दूधर्म, संस्कृतिको संवर्द्धन, संरक्षणमा समर्पित स्वामी रमणानन्द गिरीलाई ‘नइ चन्द्रधन पुरस्कार’, मातृभूमिप्रति दिएको विशिष्ट योगदानका लागि चन्द्रप्रकाश मैनालीलार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ प्रदान गर्ने निर्णय भएको प्रकाशनले जनाएको छ ।

त्यसै गरी नेपाली भाषाको श्रीवृद्धिका लागि प्रा.डा.चूडामणि बन्धुलाई ‘नइ खरा सुकीर्ति पुरस्कार’, नेपालको इतिहासको अध्ययनमा समर्पित प्रा.डा.त्रिरत्न मानन्धरलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, चित्रकलामा समर्पित गेहेन्द्रमान अमात्यलाई ‘नइ यउजा पुरस्कार’ र स्याङ्जाका देवीप्रसाद वनवासीलाई ‘नइ धनरुप पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ ।