पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘विधि र पद्दतिअनुसार चल्न नसक्दा पार्टी कमजोर’

काठमाडौँ । नेपाली काँङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार काँग्रेस पार्टी चल्न नसक्दा कमजोर बनेको बताउनु भएको छ ।

काठमाडौंको टोखामा आज आयोजित कार्यक्रममा नेता सिंहले महाधिवेशन भएको तीन वर्षसम्म पनि पार्टीका विभाग गठन हुन नसक्नुले पार्टीलाई झन कमजोर बनाएको बताउनुभयो ।