पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

 प्रदेश नम्वर ५  : रेडियो नेपालको आधुनिक गीत प्रतियोगिता सम्पन्न 

radionepal

अमर क्षितिज भण्डारी / रेडियो नेपाल
 दाङ  । रेडियो नेपालको ६९औँ बार्षिक उत्सबको अवसरमा प्रादेशीक प्रसारण केन्द्र प्रदेश नम्वर ५ ले आज आधुनिक गीत प्रतियोगीता सम्पन्न गरेको छ । आज भएको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगितामा दाङका बिजय परीयार प्रथम, दाङकै सरद समिप द्वीतीय र बर्दियाका प्रभात सुबेदी तृतीय हुनु भएको छ । 
प्रतियोगीतामा प्रथम हुनेलाई मेडल सहित नगद १० हजार, द्धितीय हुनेलाई मेडल सहिती ७ हजार ५ सय र तृतीय हुनेलाई ५ हजार रुपैया पुरस्कार प्रदान गरिएको थियो । आज प्रतियोगितामा बिजयी हुनेहरुले यही १८ गते काठमान्डौमा हुने फाइनल प्रतियोगितामा ७ वटै प्रदेशवाट छानिएका प्रतिष्पर्धीसंग प्रतिष्प्रधा गर्नेछन् ।