पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालको प्रदेश नंं २ द्वारा आधुनिक गीत सम्मेलन सम्पन्न

radionepal

अजयकुमार झा / रेडियो नेपाल

जनकपुरधाम, चैत्र ११ । रेडियो नेपालको ६९ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रदेश नंं २ को कार्यालय बर्दिवासले आज आयोजना गरेको आधुनिक गीत सम्मेलनमा झापाका विनोद चुडाल प्रथम हुनु भएको छ । यसै गरि सिन्धुलीका एञ्जिला श्रेष्ठ द्वितीय तथा सिरहाको शान्ति सदाय तृतीय स्थान प्राप्त गर्नु भएको छ । प्रदेश नंं २ र १ को  विभिन्न जिल्लाका १२ जना प्रतियोगि सहभागि रहनु भएको थियो ।

प्रथमलाई स्वर्ण पदक प्रमाणपत्र तथा १० हजार नगद, द्वितीयलाई रजत पदक प्रमाणपत्र तथा नगद तथा ७ हजार ५ सय नगद र तृतीय हुनेलाई कास्यपदक, प्रमाणपत्र तथा ५ हजार नगद प्रदान गरिएको छ ।विजयी भएका प्रतियोगीहरुलाई प्रदेश नं २ का प्रदेश सभाका सदस्य शारदा देवी थापाले प्रमाणपत्र, नगद तथा पदक प्रदान गर्नु भएको थियो । रेडियो नेपाल प्रदेश नं २ का कार्यालयका प्रमुख रामपुकार रामको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागिहरुलाई कार्यालयका प्राविधिक सहायक शम्भु प्रसाद ढङ्गानाले गरेका थिए भने कार्यक्रमको सञ्चालन रेडियो नेपालका सम्बाददाता अजय कुमार झा तथा सुजाता लामाले गर्नु भएको थियो ।