पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वातावरण संरक्षण र जीविकोपार्जनका लागि ‘इबिए’ परियोजना

काठमाडौँ । वातावरण संरक्षणसँगै स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले सरकारले ‘पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु अनुकूलन आय आर्जनसम्बन्धी आयोजना’ (इबिए) शुरु गरेको छ । 

वन तथा वातावरण मन्त्रालय र विश्व वातावरण कोषको संयुक्त सहयोगमा आजदेखि शुरु गरिएको आयोजना जलवायु परिवर्तनको उच्च जोखिममा रहेका अछाम, सल्यान र दोलखाका ११ स्थानीय तहमा सञ्चालन हुनेछ । 

चार वर्षे आयोजनाको लागत करीब ५५ करोड छ ।

आयोजनामा स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा जैविक विविधता संरक्षण, पारिस्थितिकीय प्रणालीको पुनःस्थापन र जीविकोपार्जनमा सहयोग पुग्ने लगायतका कार्य हुने मन्त्रालयले जनाएको छ । 

परियोजना प्रारम्भ कार्यशालामा वनमन्त्री शक्तिबहादुर बस्नेतले परियोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र जीविकोपार्जनमा सहयोग गरी गरीबी निवारणमा टेवा पुर्याउने बताउनुभयो ।