पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अब नक्सापासमा हस्ताक्षर अनलाइनबाटै

काठमाडौँ, २८ वैशाख । महानगरमा घर बनाउन चाहने नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ । 

गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भएपनि यसअघि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने अवस्था थियो । 

अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकोमा अब त्यस किसिमको अवस्था नआउने कामपाका इन्जिनियर राम थापाले जानकारी दिनुभयो ।