पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डौं । आज राति देशभर सामान्यतया वदली रहने र पश्चिमी पहाडी भू–भागका केही स्थानमा तथा मध्य तथा पुर्वी  पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

महाशाखाका अनुसार, आज राती उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार दिउँसो देशको पश्चिमी क्षेत्रमा सामान्यतया वदली रहने छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य वदली रहने र पश्चिमी पहाडी तथा मध्य र पूर्वी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना रहेको जानकारी महाशाखाले दिएको छ ।

सोमबार देशका पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भू–भागमा र पूर्वी तथा मध्य पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।