पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आज विश्व रेडियो दिवस मनाइँदै

radionepal

काठमाडौं । विश्व रेडियो दिवस आज फेब्रुअरी १३ अर्थात फागुन १ गते विभिन्न कार्यक्रमको आयोजना गरी रेडियो नेपालले पनि मनाउन लागेको छ ।

विश्व रेडियो दिवसका अवसरमा रेडियो नेपालले आज विहान माइतीघर मण्डलादेखि नयाँबानेश्वर, थापागाउँ हुँदै सिंहदरबारसम्म प्रभातफेरी आयोजना गर्ने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले जानकारी दिनुभएको छ ।

कार्यकारी निर्देशक कार्कीले विश्व रेडियो दिवका अवसरमा रेडियो नेपालबाट आज बिहान ६ः३० बजे रेडियोसम्बन्धी अन्तरसंवाद र विहान ११ बजेको समाचारपछि रेडियोका बारेमा श्रोतासँग प्रत्यक्ष कुराकानी कार्यक्रम संचालन गर्ने पनि जानकारी दिनुभयो । 

विश्व रेडियो दिवसको यस वर्षको नारा ‘संवाद, सहिष्णुता र शान्ति’ रहेको छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) को अग्रसरतामा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन थालिएको हो ।