पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको छ । 

मन्त्री पोखरेलले परीक्षा भयरहित र व्यवस्थित रुपमा सञ्चालन गर्न र प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विशेष ध्यान दिन पनि निर्देशन दिनुभयो ।

मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा आज विभिन्न सरोकारवाला निकायसँगको छलफलमा शिक्षा मन्त्री पोखरेलले एसइईको प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीको जानकारी समेत लिनुभएको थियो । 

बैठकमा प्रश्नपत्र छपाइ कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियो । 

मन्त्रालयका सचिव खगराज बरालले यस वर्ष कूल एक हजार ९६१ वटा परीक्षा केन्द्र कायम गरिएको जानकारी गराउनुभयो । 

यस वर्षको एसइई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ ।