पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु

कावासोती । नवलपरासी पूर्वको कावासोती नगरपालिका १६ मा दूध बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा नवलपुरको मध्यबिन्दु नगरपालिका दुई बस्ने मोटरसाइकल चालक ४२ वर्षका युवराज घिमिरे र सोही ठाउँ बस्ने ३६ वर्षका पिताम्बर पाठकको मृत्यु भएको हो ।