पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल–भारत सीमा क्षेत्रसम्म जलमार्ग तयार हुने

नयाँ दिल्ली । भारत सरकारले एक वर्षभित्र नेपाल–भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने भन्दै त्यसबाट फाइदा लिन नेपाल सरकारलाई आग्रह गरेको छ । 

भारत भ्रमणमा रहनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भारतका जलस्रोत, नदी विकास तथा गङ्गा संरक्षणमन्त्री नितिन गडकरीबीच आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा भारतीय पक्षले यस्तो आग्रह गरेको हो । 

भारतले कोलकातादेखि हल्दिया हुँदै बनारससम्म करिब १ हजार ४०० किलोमिटर लामो जलमार्ग निर्माण गरिरहेको छ । 

मन्त्री पुन र भारतीय जलस्रोतमन्त्री गडकरीबीच आज भएको छलफलमा समेत पानीजहाज र जल यातायातको विषयमा महत्वपूर्ण संवाद भएको र त्यसले छिट्टै परिणाम दिने भेटमा सहभागी प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।