पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

समाजवादका लागि आर्थिक विकास पहिलो शर्तः अध्यक्ष प्रचण्ड

केशब ढुंगाना, रेडियो नेपाल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादमा पुग्नका लागि आर्थिक विकास पहिलो शर्त भएको बताउनुभएको छ । 

सरल सहयात्रीको उपन्यास ‘शिखरको ढुंगा’को आज काठमाडौमा विमोचन गर्नुहुँदै अध्यक्ष प्रचण्डले आर्थिक विकासविना समाजवाद सम्भव नहुने बताउनुभयो ।  

अध्यक्ष प्रचण्डले शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट समाजवादको आधार तयार गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने बताउनुभयो । 

अध्यक्ष प्रचण्डले नेपालको साँस्कृतिक र भौगोलिक विविधतालाई प्रचारप्रसार गरी विश्व बजारसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।