पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शान्ति सुरक्षा कायम गराउन सांसदहरुद्वारा ध्यानाकर्षण

तुलसी सापकोटा, रेडियो नेपाल । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले हत्या हिंसाको अन्त्य गर्दै मुलुकमा शान्ति सुरक्षा कायम गराउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सांसदहरुले सरकारले चिया मजदुरको न्युनतम ज्याला तोकेको भएपनि त्यो कायम हुन नसकेको भन्दै कार्यान्वयन गराउन ध्यानाकर्षण गराउनु भयो ।

सांसदहरुले माध्यमिक तहमा विद्यार्थीहरुलाई १० प्रतिशत छात्रावृत्ति दिने व्यवस्था भएपनि उच्च शिक्षामा त्यो व्यवस्था हुन नसकेको भन्दै उच्च शिक्षा अध्ययनमा समेत त्यस्तो व्यवस्था लागु गर्न माग गर्नुभयो ।

सांसदहरुले हालै परेको असिना पानीका कारण रौतहटमा इट्टा उद्योग लगायत कृषिमा क्षति पुगेको भन्दै क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गर्नुभयो ।