पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालको पर्यटकीय सम्भावनाबारे युरोपमा प्रचारप्रसार

काठमाडौं । युरोपका पर्यटकलाई नेपालको भ्रमणमा जान प्रेरित गर्ने उद्देश्यले नेपाली राजदूतावास र नेपाली समुदायले युरोपका विभिन्न पर्यटन मेलाहरुमा सहभागिता जनाएर नेपालको पर्यटकीय संभावनाका वारेमा जानकारी र प्रचारप्रसार गरेका छन ।  

युरोपको राजधानी शहर ब्रसेल्स तथा नेदरल्याण्डमा आयोजना भएका त्यस्ता मेलाहरुमा नेपाली राजदुतावास, गैर आवसीय नेपाली संघ र त्यहाँ बसोवार गर्ने नेपालीहरुको सकृय सहभागितामा मेलाहरु सम्पन्न भएको नेपाली राजदूतावास ब्रसेल्सले जनाएको छ ।

यस क्रममा माघ २३ दैखि २६ गतेसम्म ब्रसेल्समा आयोजना भएकोे प्रर्यटन मेलामा राजदूतावास सहित नेपाली समूदायको सहभागितामा नेपालको पर्यटनका सम्भावनाका वारेमा जानकारी गराएको दुतावासले जनाएको छ । 

नेपालको वारेमा जानकारी गराउन राखिएको स्टलमा युरोपका विभिन्न मुलुकका पर्यटकहरुले निकै जिज्ञासापूर्वक जानकारी लिएको र त्यहाँका नेपाली र स्थानीय ट्राभल्स ऐजेन्सीहरुले पनि नेपालको भ्रमण सम्बन्धी प्याकेज कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।  

युरोपका विभिन्न स्थानमा भएका मेलाहरुमा नेपालको पर्यटकीय सम्भावनाको बारेमा जानकारी गराउन सफल भएको बेल्जयमस्थित नेपाली राजदुत लोकबहादुर थापाले जानकारी दिनु भयो । 
भुवन आचार्य, रेडियो नेपाल