पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्तरोन्नतिपछि विमानस्थल सञ्चालनमा

खोटाङ । खोटाङ जिल्लाको थामखर्क विमानस्थलको स्तरोन्नतिको काम सम्पन्न भई सञ्चालनमा आएको छ । 

संस्कृति, पर्यटन तथानागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले सोमबार विमानस्थलको उद्घाटन गर्नु भएको छ । 

खोटेहाङ गाउँपालिका–४ मा रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायत स्तरोन्नतिको कामका लागि २०७३ चैत्र १३ गतेदेखि स्थगित भएको उडान विमानस्थल उद्घाटन भएसँगै सुचारु भएको हो । 

थामखर्क विमानस्थल कालोपत्रेको काम करिब १० करोड ६० लाख ७१ हजार रुपैयाँको लागतमा २०७३ कार्तिकबाट शुरु भै २७ महिनामा सम्पन्न भएको हो । यो विमानस्थलको २० रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको काठमाडौं र विराटनगर विमानस्थलसँग हवाइ सम्पर्क छ । 

विमानस्थल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले थामखर्क विमानस्थलमा साताको दुईवटा उडान हुने व्यवस्था मिलाउने बताउनु भयो ।

मन्त्री अधिकारीले अहिले नेपाल वायुसेवा निगम सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्सको रुपमा स्थापित भएको र त्यसलाई अझ सशक्त बनाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थलहरुमा उडान संख्या बढाउँने जानकारी गराउनु भयो ।
 
कार्यक्रममा नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले थामखर्कमा सातामा कम्तिमा दुईवटा फ्लाइट निगमले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।