पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कृषि उद्यम केन्द्र र प्रदेश सरकारबीच समझदारीपत्रमा हस्ताक्षर

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र नेपाल सरकार, प्रदेश नं. १ बीच मंगलवार विराटनगरमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सार्वजनिक निजी साझेदारी कार्यक्रमको प्रारूपमा आधारित भई राज्यले लिएको लक्ष्य प्राप्त गर्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकताका साथ सम्बोधन गर्ने गरी गरिएको समझदारीपत्रमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको समुपस्थितिमा प्रदेश १ सरकारका आर्थिक, मामला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो र महासंघका अध्यक्ष भवानी राणाले हस्ताक्षर गर्नुभयो । 

सहमतीपत्रमा हस्ताक्षर कार्यक्रममा प्रदेश सरकार र महासंघका तर्फबाट प्रदेशको आर्थिक विकासमा सरकार र निजी क्षेत्रलाई सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप अगाडी बढाउन आ–आफ्ना तर्फबाट प्रतिवद्धता व्यक्त गरियो थियो ।
भुवन आचार्य, रेडियो नेपाल