पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पूर्वाधार विकास गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि, शिक्षा, स्वास्थ्य, उर्जा लगायतका क्षेत्रको उत्पादकत्व वृद्धिको लागि यातायातका पुर्वाधारहरुको विकास गर्नुपर्नेमा जोड दिनु भएको छ । 

नेपाल व्यवस्थापन संघको ३८ औं वार्षिकोत्सव कार्यक्रमलाई मंगलवार काठमाडौमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यातायात लगायतका सबै प्रकारका पुर्वाधारहरु सहज, सुरक्षित र दीगो हुने गरी निर्माणका लागि लगानी महत्वपूर्ण रहेको बताउनुभयो । 

अर्थमन्त्री खतिवडाले व्यापार र व्यवसायजन्य लागत घटाउन र कृषि तथा औद्योगिक क्षेत्रको पूर्वाधारका लागि पनि उपयुक्त सडक पूर्वाधार विकास अनिवार्य भएकोले त्यस तर्फ सरकारको उच्च प्राथमिकता रहेको बताउनुभयो । 

अर्थमन्त्री खतिवडाले युवा पुस्तालाई व्यवस्थापन संघको नेतृत्वमा जिम्मेवारी दिई काम सुरु गरिंदा नतिजा छिटो आउनेमा समेत जोड दिनुभयो ।
भुवन आचार्य, रेडियो नेपाल