पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भोलि विश्व रेडियो दिवस

radionepal

विश्व रेडियो दिवसको अवसरमा रेडियो नेपालले बुधवार विहान काठमण्डौको माइतीघर मण्डलाबाट प्रभातफेरि गर्ने भएको छ । युनेस्कोको ३६औं सम्मेलनले  हरेक वर्षको फेब्रुअरी १३ तारिख रेडियो दिवस मनाउने घोषणा गरेको थियो ।

   सन् २०११ देखि मनाउन थालिएको यस बर्ष रेडियो दिवसको नारा- संवाद, सहिष्णुत र शान्ति रहेको छ । रेडियोलाई सञ्चार माध्यमको रूपमा सम्मान गर्न, प्रसारकहरूबीचको समन्वय र सहयोग बढाउन र नागरिकहरुमा सूचनाको पहुँचलाई बढावा दिनका लागि प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको कुरा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताउनु भयो । विहानको प्रभातफेरी पछि दिउसो रेडियो नेपालकै सभाकक्षमा रेडियो नेपालको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम हुनेछ ।