पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

काबुल । अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ । 
उहाँको ९३ बर्षको उमेरमा काबुलमा निधन भएको समाचार मङ्गलबार स्थानीय सञ्चार माध्यमहरुले संप्रेषण गरेका छन् । 
सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादी अन्तरिम राष्ट्रपति हुनुभएको थियो । 
सन् २००१ को अन्त्यमा तालिबानहरुको शासन सत्ता अन्त्यपछि जारी भएको संविधान पनि उहाँले अनुमोदन गर्नु भएको थियो । 
पूर्व राष्ट्रपति मुजाद्धिदी अफगानिस्तानको ‘नेसनल लिबरेसन फ्रन्ट’ नामक पार्टीको संस्थापक पनि हुनुहुन्छ ।
उहाँको बुधबार अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।