पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भारतमा एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

नयाँदिल्ली । भारतको दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको त्यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् । 
करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित प्यालेस होटलमा मङ्गलबार विहान ४ः३० बजे सो आगलागी भएको थियो । 
विभागका प्रमुख अतुल गर्गले भन्नुभयो,“ सूचना प्राप्त भएलगत्तै उद्धार टोलीलाई विहान ४ः३५ बजे त्यसतर्फ पठाइएको र उक्त टोलीले होटलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गरेको थियो । 
एक महिला र एक बालकले आगलागीपछि आत्तिएर भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको होटलको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ । 
प्रहरी उप–आयुक्त एमएस रान्धावाले भन्नुभयो, “आगलागीबाट घाइते भएकाहरु मध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।”