पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आर्थिक परिवर्तनले साथ दिएमात्र लोकतन्त्र दिगोः डा भट्टराई

धादिङ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्र भनेको पाँच वर्षमा भोट हाल्ने कार्य मात्रै नभई सबै जनतालाई अधिकार सम्पन्न बनाई समृद्धिलाई समान ढंगले वितरण गर्ने प्रणाली भएको बताउनुभएको छ । 

धादिङको सल्यानटारमा आज आयोजित कार्यक्रममा संयोजक भट्टराईले राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनले साथ नदिए लोकतन्त्र दिगो नरहने बताउनुभयो ।

संयोजक भट्टराईले देशमा आर्थिक परिवर्तन ल्याउन नयाँ खालको क्रान्ति आवश्यक रहेको बताउनुभयो ।