पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

योजना आयोगद्वारा प्रदेश नम्बर २ मा परामर्श अन्तरक्रिया 

अजय कुमार झा, जनकपुरधाम । राष्ट्रिय योजना आयोगले १५ औ पञ्चवर्षीय योजनाको आधारपत्र माथि सुझाव संकलन गर्न आज देखी प्रदेश नंं २ को राजधानी जनकपुरधाममा दुई दिने प्रादेशिक परामर्श कार्यक्रमको सुरु गरको छ ।

यसअघि ६ वटा प्रदेशमा सुझाव संकलन गरेको आयोगले आजदेखी जनकपुरमा परामर्श सुरु गरेको हो ।

कार्यक्रममा प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन ईमान्दारिता, जवाफदेहिताका र सुशासनयुक्त शासन व्यवस्थाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताउनुभयो । 

मुख्यमन्त्री राउतले हुलाकी सडकको शीघ्र निर्माण, सुनकोसी– कमला तथा सुनकोशी– मरिन डाईभर्सनको शीघ्र निर्माण, चुरेक्षेत्रको पानी संरक्षण गर्ने पोखरीको ठाउँठाउँमा निर्माण गर्ने विषयलाई योजनामा समेट्न आयोगसंग आग्रह गर्नुभयो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलले स्थानीय तहमा जाने साधन स्रोतको सही सदुपयोग गर्न सके मुलुक समृद्ध हुने बताउनुभयो । 

कार्यक्रममा सबै स्थानीय तहका प्रमुख– उपप्रमुखहरुको सहभागि रहेको छ ।