पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउने गरी ऐन निर्माणको तयारी’

डायलसन अधिकारी, बुटवल । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउने गरी ऐन कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहमा मन्त्री बाँस्कोटाले सरकार नागरिक अधिकारलाई थप बलियो बनाउने पक्षमा रहेको बताउनु भयो ।

मन्त्री बाँस्कोटाले विज्ञापन सम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको र त्यसले नेपालको १२ अर्बको विज्ञापनलाई २० अर्बमा पुर्याउने बताउनुभयो । 

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले समृद्धि मूलूकको आवश्यकता भएकाले मिडियाले त्यसमा सकरात्मक भूमिका खेल्नुपर्नेे बताउनु 
भयो । 

त्यस अवसरमा मन्त्री बाँस्कोटाले ५० हजार रुपयाँको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट रेडियो नेपालका सम्वाददाता डायलसन अधिकारीलाई सम्मान गर्नुभयो ।