पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फागुनदेखि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुरु हुने 

काठमाडौं । सरकारले पर्सी फागुन १ गते देखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकर्ण विष्टले समाजमा विद्यमान गरिबी न्यूनीकरण गर्दै सामाजिक न्याय सहितको समाज निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम कोशेढुङ्गा सावित हुने बताउनुभयो । 

मन्त्री विष्टले मर्यादित श्रम बजारको निर्माण गर्दै विदेशिएका र वैदेशिक रोजगारीमा आकर्षित भएका युवाहरुलाई मुलुकको श्रम बजारमा आकर्षित गर्दै कृषि, पर्यटन, उर्जा, शिक्षा र पुननिर्माणका क्षेत्रमा युवाहरुलाई परिचालन गर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम मुलुकमा रहेको बेरोजगारी अन्त्य गर्दै सामाजिक न्याय सहितको संवृद्ध मुलुक निर्माणका लागि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । 

कार्यक्रम अन्र्तगत ७ सय ५३ वटै स्थानीय तहमा एक रोजगार केन्द्र र रोजगार संयोजक रहने, रोजगारीका लागि सीप तथा क्षमता अभिवृद्धि, सरकारी, निजी तथा गैह्र सरकारी क्षेत्रसँग सहकार्य गरेर रोजगार व्यवस्थापन सूचना प्रणालीको स्थापना  गर्ने लगायतका  व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । 
सिर्जना थापा, रेडियो नेपाल