पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संविधान संशोधनका लागि प्रयास जारीः अध्यक्ष प्रचण्ड 

संजय विश्वकर्मा, सिरहा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताको हक अधिकारको पक्षमा संविधान संशोधनका लागि लगातार प्रयास भइरहेको बताउनुभएको छ ।

सिरहाको अर्नमा गाउँपालिकामा नवनिर्मित स्वास्थ्य चौकीको आज उद्घाटन गर्नुहुदै अध्यक्ष प्रचण्डले कुनै पनि नागरिक शिक्षा, स्वास्थ्य र नागरिकताबाट बन्चित नहुने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेकपा नेतृत्वको सरकारले मधेशमा पूर्वाधार निर्माणको प्याकेज अगाडि सारेको र तराई मधेशको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको जानकारी दिनुभयो ।

उहाँले उपचार नपाएर गरिबीका कारण अब कोही मर्नु नपर्ने र गरिबको उपचार सरकारले गर्ने उल्लेख गर्नुभयो ।

यसैबीच, नेकपा अध्यक्ष प्रचण्डले सिरहाको मिर्चैया नगरपालिकामा आज देखि फाल्गुन ७ गते सम्मका लागि सुरु भएको मिर्चैया महोत्सवको उद्घाटन समेत गर्नुभयो ।