पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अख्तियारको २८ औं स्थापना दिवसः विशेष समारोहको आयोजना 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा विशेष समारोहको आयोजना गरिएको छ ।

विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भ्रष्ट्राचार नियन्त्रणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । 

सचेतनामूलक कार्यक्रमबाट भ्रष्ट्राचार नियन्त्रणमा आयोग सफल हुनेमा आफू विश्वस्त रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले सार्वजतिक पदधारण गरेका व्यक्तिले आफूले पनि भ्रष्ट्राचार नगर्ने र अरुलाई पनि भ्रष्ट्राचार गर्न नदिनु नै भ्रष्ट्राचार नियन्त्रणको सबैभन्दा उत्तम उपाय भएको उल्लेख गर्नुभयो । 

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट्राचार नियन्त्रण गर्न दृढ संकल्पका साथ सरकार अघि बढिरहेको बताउनुभयो ।