पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महोत्सवको आकर्षणमा ट्राउट माछा

डोटी । डोटीको दिपायलको पिपल्लामा भइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा रेन्बो ट्राउट माछा हेर्नेहरुको भिड लागेको छ ।

जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टले सञ्चालन गर्नुभएको कक्षामा रेन्बो ट्राउट माछा राखिएपछि अवलोकन गर्नेको भिड लागेको डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । 

करीब  १० लाख रुपैयाँको लागतमा विष्टले एक वर्ष अघि नुवाकोटबाट माछाका भुरा लगेर माछापालन थाल्नु भएको थियो ।

रेन्बो ट्राउट माछा बजारमा प्रतिकिलो १ हजार ६ सय रुपैयाँसम्ममा बिक्री हुने गरको छ ।