पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कृषि सामग्री लिमिटेडको २४ सय बोरा मल हरायो

ध्रुव अधिकारी, वीरगञ्ज । भारतको विशाखापट्टनम बन्दरगाहबाट वीरगञ्जको सिर्सिया सुक्खा बन्दरगाह आउँदै गरेको रेलको दुईवटा डिब्बा बाटोमै गायव हुँदा २४ सय बोरा रासायनिक मल हराएको घटना सार्वजनिक भएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले मगाएको रासायनिक मल ल्याइँदै गरेको दुई डिब्बाको हराएको ६ महिना बितिसक्दा पनि अझै पत्ता लाग्न नसकेको भारतीय रेल्वे अधिकारीहरुले बताएका छन् । 

विशाखापट्टनमबाट पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह आउँदै गरेको मालवाहक रेलका ४२ डिब्बामा सामान लोड गरिएको थियो ।

किसान ट्रेडर्स, मोतिहारीले उक्त सामान ढुवानीको जिम्मा लिएको थियो ।