पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

माडी पुग्ने पर्यटकको रोजाइमा मगर होमस्टे

चितवन । चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडीमा पुग्ने पर्यटकको रोजाइमा त्यहाँ रहेको घरबास अर्थात होमस्टे हुने गरेको छ । 

माडी नगरपालिका वडा नं ८ मा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे ११ घरपरिवारले सञ्चालन गर्दै आएका छन् । 

होमस्टेमा निजी होटलको भन्दा कम खर्चमा राम्रो सुविधा पाउने भएपछि माडी जानेहरु आकर्षित हुने गरेका छन् । 

एउटा घरमा दुई वटा कोठामा तीन जनाका दरले छ जना बस्न सक्ने क्षमता रहेको छ । सबै कोठामा सँगै शौचालय, तातोपानी जस्ता आवश्यक सुविधा रहेका छन् । 

होमस्टेमा हालसम्म १० हजार बढीले अवलोकन गर्नुका साथै सुविधाहरुको उपयोग गरीसकेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगरले बताउनुभयो ।