पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दूधमा अनुदान वृद्धिसँगै पशुपालन व्यावसाय फस्टाउँदो

भरतपुर । माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै चितवनको माडीमा व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ । 

नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा तीन रुपैयाँ अनुदान दिन थालेपछि व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेको छ । 

उत्पादनका आधारमा अनुदानको कार्यक्रम शुरु गरेपछि व्यावसायिक रुपमा पशुपालन गर्नेको सङ्ख्या ह्वात्तै बढेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो । 

माडीस्थित दुग्ध विकास संस्थानका दुई चिस्यान केन्द्रको तथ्याङ्कका अनुसार किसानलाई अनुदान प्रदान गर्न थालिएको हो । 

दूध उत्पादनका आधारमा ६ महिनामा  १९ लाख रुपैयाँ अनुदान वितरण गरिएको उहाँले बताउनुभयो । 
सुरेन्द्रमणि त्रिपाठी, रेडियो नेपाल