पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आप्रवासी कामदारको निःशुल्क बीमा 

बैतडी । पाटन र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निःशुल्क बीमा गर्न थालिएको छ । गत मङ्सिरदेखि हालसम्म पाटनमा ७५ तथा दशरथचन्द नगरपालिकामा ४५ आप्रवासी कामदारको बीमा गरिएको छ । 

ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) तथा अक्सफाम नेपालको सहकार्यमा रोजगारीका लागि भारत जाने नागरिकको बीमा गर्न थालिएको हो । यस्तै दशरथचन्द नगरपालिकाले समेत भारत जाने कामदारको निःशुल्क बीमा गर्न थालेको छ । 

रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले पहिलो चरणमा सहकारी संस्थामा आवद्ध परिवारका सदस्य मजदुरी गर्न भारत गएमा बीमा गर्ने गरिएको बताउनुभयो ।