पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कप्तान खड्का अलराउण्डरमा ४० औं स्थानमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का टी–२० क्रिकेटको अलराउण्डरमा ४० औं स्थानमा उक्लिएका छन् ।

आईसीसीले सोमबार सार्वजनिक गरेको वरियतामा पारस ७६ रेटिङका साथ ४० औं स्थानमा पुगेका हुन् । यूएईविरुद्धको सिरिज जितेपछि पारसको रेटिङ प्वाइन्ट बढेको हो ।

यस्तै उनी ब्याट्सम्यान तर्फ ३०५ अंकका साथ ९० औं स्थानमा रहेका छन् । यसअघि पारस अलराउण्डर तर्फ ४३ र ब्याट्सम्यान तर्फ ९३ औं स्थानमा थिए ।

यस्तै, नेपाली बलर सोमपाल कामी टी–२० तर्फ अलराउण्डरमा ५१ औं स्थानमा छन् । यसअघि उनी ६४ औं स्थानमा थिए । 

टी–२० बलरको वरियतामा सोमपाल ७० तथा वसन्त रेग्मी ७१औं स्थानमा छन् । बलिङ तर्फ यसअघि सोमपाल ९४ औं स्थानमा थिए । 

सन्दीप लामिछाने बलिङ तर्फ ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा रहेका छन् ।
अजय बम, रेडियो नेपाल