पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डी पी एलः रुपन्देही च्यालेञ्जर्स र काठमाडौं गोल्डेन्स विजयी

धनगढी । रुपन्देही च्यालेञ्जर्सले धनगढी प्रिमियर लिगको दोस्रो खेलमा महेन्द्रनगरलाई २ रनले हराएको छ । फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही २० ओभरमा १ सय ११ रनमा अलआउट भयो ।

खराव सुरुवात गरेको रुपन्देहीले ५ रनमा पहिलो विकेट गुमाउँदा ५५ रनमा ५ विकेट खेर फालेको थियो । उसका लागि मात्र चार खेलाडीले दोहोरो अंक छुन सके । 

जसमा सुमित महर्जनले सर्वाधिक २७ रन बनाए । यस्तै विनोद भण्डारीले १९ रन बनाउदा सन्दिप सुनारले १५ र बाबर हायातले १४ रन जोडे । बाँकी खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । 

रुपन्देहीलाई कम स्कोरमा रोक्न सिद्धान्त लोहनीले तीन तथा सागर ढकाल र अभिनाश बोहराले दुई दुई विकेट लिए । 

जवाफमा महेन्द्रनगर २० ओभरमा ८ विकेट गुमाउँदा एक सय नौ रनमा रोकियो । सुरुवात भने राम्रो गर्न नसकेको उसले ३६ रन बनाउदा दुई विकेट गुमाउदा ६१ रन बनाउदा चार विकेट खेर फाल्यो । 

अर्को खेलमा साविक उपविजेता काठमाडौं गोल्डेन्सले लिगमा जितका साथ प्रतियोगिता सुरु गरेको छ । पहिलो खेलमा काठमाडौंले घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले हरायो । 

धनगढी स्थित फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनायो ।

जवाफमा काठमाडौंले १ बल बाँकी हुँदा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्याे । मध्यम सुरुवात गर्दै काठमाडौंले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गर्यो । उसले ९५ रन बनाउदा ३ विकेट गुमाएको थियो । 
अजय बम, रेडियो नेपाल