पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कानुन, न्याय तथा मानवअधिकार समितिबाट विधेयक पारित

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।
समितिको आज वसेको बैठकले केही नेपाल ऐन संशोधन अन्तर्गत ५७ वटा विधेयकहरु पास गर्दै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको हो । 
समितिका सभापति कृष्णभक्त पोख्रेलले लामो छलफलपछि समितिमा दफाबार छलफलमा रहेका सवै विधेयक पास भएको जानकारी दिनुभयो । 
समितिले संविधान अनुकुल बनाउनुपर्ने १६२ वटा ऐन संशोधन गर्न बनेको विधेयक आज समितिबाट पारित भएको छ । 
अर्जुन श्रेष्ठ, रेडियो नेपाल