पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुरसंचार सेवा प्रदायक कम्पनिहरुसंग बक्यौता उठाउन सरकारलाई अर्थ समितिको निर्देशन  

काठमाण्डौं । प्रतिनिधिसभाको अर्थ समितिले दुरसंचार सेवा प्रदायक कम्पनिहरुसंग उठाउन बाँकी रहेको राजश्व उठाउन सरकारलाई निर्देशन दिएको छ । 
समितिको आइतबार बसेको बैठकमा बिभिन्न कम्पनिहरु सँगको अर्बौ रुपैया बक्यौता बाँकी देखिनुले राजश्व प्रशासनमा कमजोरी रहेको प्रष्ट देखिएको भन्दै सम्वन्धित निकायहरुको प्रभावकारी पहल मार्फत राजश्व छल्ने प्रवृति लाई उम्कन नदिन भनिएको छ ।  
समितिको बैठकमा सहभागी अर्थमन्त्रि डा. युवराज खतिवडाले सर्वोच्च अदालतको फैसलाको पुर्ण पाठको पर्खाइमा मन्त्रालय रहेको जानकारी दिदै ऐनसेल संगको बक्यौता उठाउन पछि नपर्ने बताउनु भयो ।
कर सम्वन्धि नितीगत सुधारको योजनामा अर्थमन्त्रालय लागेको अर्थ मन्त्रि खतिवडाले समितिलाई जानकारी दिनु भयो ।