पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मोरङको रतुवामाई र सुनवर्शी जोड्ने बक्राह खोलामा पक्की पुल निर्माण शुरु

radionepal

रतुवामाई । मोरङको रतुवामाई नगरपालिका ९  र सुनवर्शी नगरपालिका जोड्ने बक्राह खोलामा पक्की पुल निर्माण प्रकृया सुरु भएको छ । 
प्रदेश संसदको पुर्वाधार क्षेत्र विकास कोषबाट विनियोजन भएको पन्ध्र लाख बजेटले डिपिआर उदघाटन भए सँगै पुल निर्माण प्रकृया सुरु भएको  हो । 
आज एक कार्यक्रमका विच विधिवत रुपमा मोरङ निर्वाचन क्षेत्र नं २ का प्रदेश सांंसद शिवनारायण सिंह गनगाई, रतुवामाई नगरपालिकाका मेयर रविन राई र सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासले संयुक्त रुपमा डिपिआरको शिलान्याश गर्नु भएको हो ।  
कार्यक्रममा बोल्दै सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासले पुल निर्माण कार्यमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । मेयर दासले  दुवै नगरपालिका र संसद मिलेर जादा वास्तवमै पुल निर्माणले पुर्णता पाउने बताउनु भयो । 
त्यस्तै कार्यक्रममा बोल्दै रतुवामाई नगरपालिकाका मेयर रविन राईले अघिल्लो पटक बासको पुल उद्घाटन गरेको सम्झदै अहिले पक्की पुलको डिपिआरको उद्घाटन गर्न पाउदा खुशी लागेको बताउनुभयो । उहाँले स्थानिय प्रदेश तथा संघिय  जनप्रतिनीधी हरुको समन्वयमा आगामी बर्षबाट पुल निर्माणको ठेक्का लाग्ने गरि काम सुरु भएको बताउनुभयो । तिनै तहका सरकारको समन्वयमा निर्माण गरेर जनतालाई लाभ पुर्याउन लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।  
कार्यक्रमका प्रमुख अतिथि मोरङ निर्वाचन क्षेत्र नं २ का प्रदेश सांंसद शिवनारायण सिंह गनगाइले रतुवामाई र सुनवर्षी नगरका मेयरको पहलमा यो काम भएको बताउनुभयो । त्यस स्थानमा पक्की पुल निर्माणका लागि आफूले प्रदेश १ का मुख्य मन्त्री सँग कुरा गरेको र डिपिआर तयार पश्चात पुल निर्माणलाई प्रदेशले अघि बढाउने कुरा गरेको पनि उहाँले बताउनु भयो । 
पक्की पुल निर्माण प्रकृया सुरु भएसँगै रतुवामाई र सुनवर्षी नगरवासी हरु खुशी भएका छन् ।