पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विद्यालयमा हरेक बार फरक स्वादको खाजा 

radionepal

सल्यान । सल्यानका विद्यालयमा हरेक बार फरक स्वादका खाजाको व्यवस्था गरिएको छ । साना बालबालिकाहरुमा कुपोषणको सम्भावना बढेको भन्दै जिल्लाका सम्पूर्ण प्राथमिक विद्यालयमा पोषणयुक्त दिवाखाजाको व्यवस्था गरिएको हो । नारायण माध्यमिक विद्यालय कुमाख गाउँपालिका वडा न २ रुमालगाउँका प्रधानाध्यपक देवेन्द्र रावतले हरेक बार फरक फरक खाजाको स्वाद विद्यार्थीले लिने गरेको बताए । हप्ताको छ बार छ वटै मेनु अनुसार खाजा खुवाउने गरेका छौ प्र.अ रावतले बताए । उनले भने आइतबार फलफुल, सोमबार चना, मंगलबार खिचडी,बुधबार भटमास वा हेलुवा, बिहिबार खिर र शुक्रबार अण्डा खुवाउदै आइरहेका छौं । 
दिवाखाजाको अभावले साना बालबालिका कुपोषणको शिकार हुन सक्ने भएकाले विद्यालयमा नै पोषिलो खाजाको व्यवस्था गरेको जनकल्याण आधारभुत विद्यालय  दार्मागाउँपालिका वडा १ स्यालागाउँका प्रधानाध्यापक कुमार देवकोटाले बताए । 


     दिवाखाजाको व्यवस्था पछि विद्यालयमा जंक फुड पूर्ण रुपमा बन्द गरिएको भैरवी निम्म माध्यमिक विद्यालय देवस्थलका प्रधानाध्यापक खिमलाल विकले बताए । उनका अनुसार बालबालिकाहरु विद्यालय आए पनि दिउसो १ बजेसम्म टिकाउन गाह्रो हुन्थ्यो । हिजोआज बालबालिका नियमित विद्यालयमा बस्न थालेका छन् । उनले भने दिवा खाजाको व्यवस्थापछि बालबालिको पढाईमा रुचि पनि बढाउदै आइरहेका छन् । नेपाल  सरकारको कार्यक्रम अनुसार एक विद्यार्थीले दैनिक १५ रुपैया बराबरको खाजा पाउने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लिलाधर बबालले बताए । जिल्लाका ४ सय ४७ विद्यालय मध्ये अधिकांस विद्यालयमा पोषणयुक्त खाजा पाक्दै आइरहेको छ । 

- दिपक शर्मा/ रेडियो नेपाल