पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुष्चक्र नतोडेसम्म राजनीति असल हुँदैनः डा. भट्टराई

नुवाकोट । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनाव, पैसा र सत्ताको दुष्चक्रलाई नतोडेसम्म राजनीति असल नहुने बताउनु भएको छ ।

आज नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा डा. भट्टराईले देश विकासका लागि हिजोको विचार र क्षमताले नपुग्ने भन्दै नेताहरुको असल चरित्र आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेताले देशको सम्पत्ति जनताको हो भनेर काम गरे मात्रै मुलुकलाई समृद्ध र विकसित बनाउन सकिने बताउनुभयोे ।