पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वर्षाका कारण बुढा सुब्बा गोल्ड कपको उद्घाटन खेल अवरुद्ध

धरान । बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेल अविरल वर्षाका कारण अबरुद्ध भएको छ ।

धरान रङ्गशालामा संकटा क्लब र मेचि नेत्रालय फुटबल टे«निङ्ग सेन्टरबिच शनिबार हुने भनिएको उद्घाटन खेल वर्षाका कारण सारिएको हाम्रा शुनसरी समाचारदाता अशिष कुमार यादवले जनाएका छन् ।

प्रतियोगितामा आयोजक धरान फुटबल क्लब, मनाङ्ग मस्र्याङदि क्लब, संकटा क्लब, नेपाल पुलिस क्लब, साहारा क्लब पोखरा, मेचि नेत्रालय काँकडभिट्टा, क्यामारुनको डाफिन्स टिम फ्यामिलि र कोलकोत्ताको डलहाउजी एथलेटिक्स गरी ८ वटा क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ८ लाख र उप विजेताले ४ लाख रुपैँया प्राप्त गर्ने छन् ।

यसैगरी सर्वाधिक गोल कर्तालाई ३५ हजार, विधागत उत्कृष्ट हुने ५ जनालाई समान २५ हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिलाई एउटा स्कुटर प्रदान गरिने छ ।