पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल मियानमार संगको पहिलो खेलमा पराजित

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टोली हिरो महिला गोल्ड कप फुटबल अन्तर्गत मियानमार संगको पहिलो खेलमा पराजित भएको छ ।

भारतको भुवनेश्वरमा शनिबार भएको खेलमा नेपाल मियानमार संग ३–० गोल अन्तरले पराजित भएको थियो । पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा दुुई गोल खाएको थियो ।

विश्व फुटबलमा नेपाल भन्दा मियानमार धेरै बलियो रहेको छ । फिफा वरियतामा नेपाली महिला टोली १ सय ७ औँ स्थानमा रहेको छ भने मियानमार ४४ औँ स्थानमा रहेको छ ।

नेपालको दोस्रो खेल यही माघ २८ गते भारत संग र तेस्रो खेल आउने फागुन १ गते ईरान संग हुनेछ ।

आउने साफ च्याम्पियनशिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
परेश सापकोटा, रेडियो नेपाल